प्रहरीको औंला काटेर तस्कर फरार

Posted on: 28 Oct, 2016

कात्तिक १२, राजविराज । गए राति सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकलीबाट खटिएको प्रहरी टोलीले ३० किलो लागुऔषध चरेस बरामद गरेको छ ।

भारततर्फ लैजाँदै गरेको ३० किलो चरेस सप्तरीको विसनपुर–वोदे वरसाई सडकखण्ड अन्तर्गत मानराजा गाविसबाट प्रहरीले बरामद गरेको हो । 

केहीबेर सशस्त्र प्रहरी र तस्करबिच घम्साघम्सी परेको र तस्करले प्रहरी जवान अरुण यादवको औलामा टोकेर चरेस छोडी फरार भएको राजविराजका सशस्त्र प्रहरी उपरिक्षक जयवहादुर खड्काले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!