कुखुरा ब्यवसायीको समस्यामा सरकारले चासो नदिएको गुनासो

Posted on: 02 Apr, 2016

चैत २०, हेटौडा । कुखुरा ब्यवसायीको समस्यामा सरकारले चासो नदिएको भन्दै ब्यवसायीले दुख पोखेका छन् ।

मकवानपुरमा आज भएको कुखुरा ब्यवसायका समस्या र चुनौती विषयक प्रशिक्षण र अन्तक्रिया कार्यक्रमका सहभागि हरुले ब्यवसायीमा परेको समस्यामा सरकारले चासो नदेखाएको गुनासो गरेका हुन् । कुखुरामा लाग्ने रोगको पहिचान नहुन , राम्रो जाति को चल्ला महङ्गो हुने र विभिन्न कारणले गर्दा भारत वाट कुखुराका चल्ला आयात गर्न नपाउनु जस्ता समस्या देखिए पनि सरकारको चासो नगएको ब्यवसायीको भनाई थियो । प्रशिक्षण कार्यक्रममा बिजय ग्रुप अफ इन्ड्रस्टिज का गणेश खड्का र त्रीबेणी फीड का प्रदीप पण्डितले कुखुरा व्यबसाय सन्चालन को सुरुवात, चल्ला छनौट, खोर निर्माण, मौसम छनौट , उपयुक्त वातावरण, रोग पहिचान लगायत कुखुरा ब्यबसायमा देखिएका अन्य समस्या र चुनौतीको विशषमा प्रशिक्षण दिनुभएको थियो ।

कुखुरा ब्यवसायी र ब्यवसाय सन्चालन गर्न चाहने गरि करीव २० जनाको कार्यक्रममा सहभागिता रहेको ब्यवसायी साधना लामिछानेले जानकारी दिनुभयो । विवेकशील नेपाली दल मकवानुरको आयोजनामा भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!