एकता कप क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरा स्पोर्टस क्लवलाई

Posted on: 28 Oct, 2016
हरिश चन्द/कार्तिक १२ डडेल्धुरा। डोटिमा भएको एकता कप क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरा स्पोर्टस क्लवले हात पारेको छ । डोटीको राजपुरमा शुक्रबार सम्पन्न फाइनल खेलमा वागलेक क्रिकेट क्लबलाई ३८ रनले स्तब्ध पार्दै डडेल्धुरा स्पोर्टस क्लवले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको डडेल्धुरा स्पोर्टस क्लवका कप्तान सन्तोष भट्टको उत्कृष्ठ प्रदर्शनले निर्धारित २० ओभरमा नटआउट १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । वागलेक क्रिकेट क्लबले १७.४ बलमा पुरै विकेट गुमाउदै १४३ रनमा समेटिन पुग्यो । डडेल्धुरा स्पोर्टस क्लबका लागि कप्तान सन्तोष भट्टले सर्वाधिक ६५ रन जोड्दै खेललाई उचाईमा पु¥याऐ । फाईनल खेलमा अरुण ऐरी ५४ र रोशन नेपालीले ३५ रनको योगदान दिदै खेललाई जीत तर्फ धेकेलेका थिए । विकेट किपर हरिष चन्द ३ रन जोड्दै नटआउट रहे । यस्तै बलिङ तर्फ अरुण ऐरी ४, सन्तोष भट्ट २, कमल सिहं ऐरी २ र सुनिल तामाङले १ विकेट लिदै उत्कृष्ट प्रर्दशन गरे ।
        यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका म्यान अफ द सिरिज बड्ड सप्लायर्सका दिपेन्द्र चन्द भए भने प्रतियोगिताको फाइनल खेलमा म्यान अफ दि म्याच अरुण ऐरी भए । बेष्ट ब्याट्स म्यान रोशन नेपाली भए ।        प्रतियोगितामा प्रथम हुने टिमले रु १ लाख र द्धितिय हुने टिमले रु ५० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन । यस्तै म्यान अफ दि सिरिज, म्यान अफ दि म्याच भएका खेलाडीलाई नगद तिन हजार सहित ट्रफि, प्रमाण पत्र प्रदान गरिएको छ । डोटी उद्योग वाणिज्य संघ, सेती सप्लायर्स र सामाजिक रुपान्तरणका लागि सृजनशील समाज युवाको आयोजनामा ‘राष्ट्रका लागि खेल, स्वास्थ्यको लागि खेल’ भन्ने मूल नाराका साथ खप्तड रंगशालामा भएको प्रतियोगितामा सुदूरपश्चिमका १६ टिमको सहभागिता  थियो । 
 

यस बिषयमा तपाइको प्रतिक्रिया...!