प्यूठानका पहिरो पिडितहरुलाइ राहत बितरण

Posted on: 28 Oct, 2016


बिनोद भण्डारी | कात्तिक १२, प्यूठान | गत श्रावण १० र ११ गते आयको भिषण बर्षाका कारण प्यूठानमा गएको पहिरोमा परी आफन्त गुमाउने र घरबार बिहिन भएका बाढि तथा पहिरो पिडितहरुमा लागी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद (एनआरएनए)  कुवेतले राहत वितरण गरेको छ । 

प्यूठानको खुङ, रजवारा, अर्खा, पुजा, लिवाङ नारीकोटका पुर्ण बिस्थापित भएका ८४ घर परीवारलाई प्रति परिवार रु ५ हजारका दरले एक कार्यक्रमका बीच राहत स्वरुप रकम बितरण गरिएको छ । राहत बितरण कार्यक्रममा बोल्दै (एनआरएनए)का केन्द्रिय सदस्य सुजन केसीले (एनआरएनए)ले बिस्थापित हरुलाइ दु:खलाई भुलेर तिहार मनाउनका लागि तिहार खर्च स्वरुप सो रकम बितरण गरीएको बताए । तिहार नजिकिदै गर्दा दु:ख पीडा र अभावमा रोमलिएका बिस्थापितहरु राहत स्वरुप रकम पाएपछी तिहार खर्च चल्ने भन्दै खुसी ब्यक्त गरे । 

पहिरो पिडितहरुलाई सरकारले बिभिन्न पटक बिभिन्न आश्वासन दिएपनी अहिलेसम्म पनि पिडीतहरु कोहि पालमुनी त कोहि आफन्तको सरणमा बस्न बाध्य भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!