नाकाबन्दीले हार्याेः मैनाली

Posted on: 06 Apr, 2016

जिबराज बख्रेल/चैत २४ मकवानपुर ।  उपप्रधान एबम महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले अहिले नाकाबन्दीले हारेको बताउनु भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सभाको ४५औं महाविधवेशनको हेटौँडामा सुरुभएको महाविधवेशनको उद्घाटन गर्दै उपप्रधान एवं महिला, बालिबालिका तथा समाज कल्याणमन्त्री मैनालीले नेपालको संबिधानलाई सच्याउ भनेर युरोपीयन युनियन र भारतले मिलेर निकालेको बिज्ञप्ती प्रति बिरोध पनि गर्नु भयो ।

makwanpur ss उहाले नेपालको संबिधान सच्याउनका लागि राजनितिक सहमतीबाट सच्याउन सक्षम रहेको पनि वताउनु भयो । अन्यमुलुकले आन्तीक मामिलामा हस्तक्षप गर्न नपाउने भन्दै उहाले अहिले तराइमा आन्दोलन गर्नेहरु बर्तामा आउँदैनौ भनिरहेकोमा आपत्ति जनाउनुभयो । बार्ताका लागि समिति बनाउन आग्रह गर्दा पनि समिति बनाएर नपठाएकोमा उहाँले दुखेसो ब्यक्त गर्नुभयो । सिमांकन मिलाउने कुरा राजनितिक बिषय भएकाले यसलाई बार्ताबाटनै टुङयाउन चाहेको उहाँले बताउनुभयो ।

संबिधानमा आफ्ना सोच स्वार्थ राख्नका लागि बार्गेनिङ मात्र गरेको उपप्रधानमन्त्री मैनालीले बताउनुभयो । धेरै लामो द्धवन्द्धपछी संबिधान जारी भएकाले अब यसलाई कार्यनयनमा लैजाने बेला आएको उहाँको भनाई छ । छिमेकी देश संग संम्बन्ध बिग्रीएको समयमा पछी गएर तराईका ति प्रदेशहरु प्नि पछी घाँडो हुन सक्ने उहाँले बताउनुभयो । मुलुकमा नाकाबन्दी हटेपनि नाकाबन्दीको असर भने अझै बाँकी रहेको उहाँले बताउनुभयो । रेडक्रस सोसाइटी केन्द्रीय सभाको ४५औं महाविधवेशन भोलिसम्म चल्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!