विद्यालयलाई कम्प्यूटर सहयोग

Posted on: 28 Oct, 2016

हेटौंडा १२ कार्तिक ÷

बैदेशिक रोजगारीको लागि साइप्रसमा रहेका नेपालीहरुको समूह र ग्रामिण समाज केन्द्र काभ्रेको संयुक्त सहयोगमा पूर्वि मकवानपुरको एक विद्यालयलाई कम्प्यूटर सहयोग गरेका छन् । जनता उच्च माध्यमिक विद्यालय फापरबारीलाई ५ थान डेस्कटप कम्प्यूटर, शैक्षिक सामग्री विद्यालयका प्राचार्य बसन्तराई तथा व्यवस्थापान समितिलाई समुहकी अन्जु वाइवाले हस्तान्तरण गरेकी हुन् । सहयोग सँगै विपन्न वर्गका विद्यार्थी अनिल बललाई पठन पाठनको निमित्त ३ हजार रुपैया समेत सहयोग गरिएको केन्द्रका उपाध्यक्ष भुमि लामाले बताउनु भयो । दुर्गम गाउँको विद्यालयलाई सहयोग गर्न पाएकोमा आफुहरुलाई खुशि लागेको र सहयोगलाई निरन्तरता दिने लामाले बताउनुभयो । सहयोग कार्यक्रममा नयाँ शक्ति नेपाल ३ नम्बर प्रदेशका सह संयोजक सोनाम सिं स्याङतान, निबन्ध लामा, विवेक वाइवा, विकास वाइवा लगायतको उपस्थितिमा सहयोग हस्तातरण गरिएको हो । सहयोगको सहजिकरण स्याङतानले गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!