मुटु शिविरमा तीन सय बढीले सेवा लिए

Posted on: 28 Oct, 2016


कार्तिक १२  हेटौंडा 

हेटौँडामा आयोजित निःशुल्क मुटु परिक्षण शिविरमा तीन सय २७ जनाले परिक्षण गराएका छन् । ईसीजी, ईको सेवा, प्रेसर, सुगर परिक्षणसँगै औषधी निःशुल्क वितरण गरिएको थियो ।

तीन बर्षदेखि ९० बर्षसम्मकाले सेवा लिएको शिविरमा मुटुमा प्वाल भएको दुई, नसा व्लक र हर्ट अट्याक भएको तीन, मुटु सुन्नीएको एक, मुटुको भल्वमा समस्या भएका पाँच जना पाईएको डाक्टर कार्तिकेश ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार समस्यामा देखिएकोमा व्लड प्रेसर(रक्तचाप) प्रायःमा पाईएको थियो ।

कार्यक्रम मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र हेटौँडा अस्पतालले आयोजना गरेको हो । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान, रोटरी क्लब अफ मकवानपुर र होटल एशोसिएसन मकवानपुरले समन्वय गरेका थिए ।

कार्यक्रममा मानव अंग प्रत्यारोपण केन्द्रका १० जना स्वाथ्यकर्मीले सेवा दिएका थिए । कार्यक्रममा डाक्टरहरु प्रेमराज बैद्य, कार्तिकेश ठाकुर, सन्देश खैजु, प्रकाश झा, निरज गौतम, गौरव पन्थी लगाएत नर्सहरुले सेवा दिएका थिए ।कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका सभापती हरिवंश भेटवाल, रोटरी क्लब अफ मकवानपुरका कोषाध्यक्ष रामप्रसाद शर्मा, होटल एशोसिएसन मकवानपुरका अध्यक्ष भागीरथ शर्मा लगाएतको टोलीले कार्यक्रममा स्वयम् सेवा दिएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!