चालु आ.ब.मा जुम्ला, नाग्म गमगढी सडक खण्डमा ६ सवारी दुर्घटना

Posted on: 29 Oct, 2016

नन्दराम जैशी | कात्तिक १३, जुम्ला | चालु आर्थिक बर्षको असोज मसान्तसम्म कर्णाली राजमार्गको जुम्ला, नाग्म र गमगढी सडक खण्डमा साना र ठुलागरी ६ वटा सवारी साधन दुर्घटना भएका छन् । सवारी साधान तिब्र गतिमा संलालन हुनु र ट्राफिक नियमको पालना नहुनु लगाएतका कारणले सवारी साधन दुर्घटना भएका हुन् । जसमा जुम्ला, नाग्म र गमगढी सडक खण्डमा १ वटा जिप, २ वटा बस, १ वटा मोटरसाइकल र १ वटा स्कुटर गरि ६ वटा सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालय प्रमुख गगांराम विश्वकर्माका अनुसार सवारी साधान दुर्घटनाबाट ५ जनाको ज्यान गएको छ । पुराना सवारी साधान संचालन गर्नु, चालकको लार्पावाही र क्षमता भन्दा बढी यात्रु बोकेका कारण सवारी दुर्घटना बढेको विश्वकर्माले बताउनु भयो । त्यस्तै चालु आर्थिक बर्षको श्रावण महिनादेखि असोज मसान्तसम्म ३ सय ११ जना सवारी चालक कार्वाहीमा परेका छन् । 

जसमा साउन महिनामा साना र ठुला सवारी साधनका ६५ जना, भाद्र महिनामा ८५ र असोजमा १ सय ६१ जना सवारी चालक कार्वाहीमा परेको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख विश्वकर्माले बताउनु भयो । ट्राफिक नियम उलंघन गर्ने, व्लु बुक र लाइसेन्स नबोक्ने र क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी चालक कारवाहिमा परेका हुन् ।  

कारवाहिमा परेका चालक तथा सवारीबाट दण्ड जरिवान वापत २ लाख ३७ हजार रकम राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो । ट्राफिक नियम कडाई गरे सगै सर्बसाधारणहरुले यातायातमा सहज रुपले यात्रा गर्न पाएका छन् । साथै यात्रु र सवारीचालक सबैलाइ ट्राफिक नियमको पालना गर्न आग्ह गरीएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!