मकवानपुरमा गुम्बा व्यवस्थापन तालिम हुने

Posted on: 07 Apr, 2016

चैत २५ मकवानपुर । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको बौद्घ दर्शन तथा गुम्बा विकास समितीले मकवानपुरमा गुम्बा व्यवस्थापन तालिम हुने भएको छ । यहि चैत २७ गते मकवानपुरको हेटौंडा, पदमपोखरीमा तालिम हुने आयोजकले जनाएको छ । तालिमको ज्याङ् छुपलिङर पोताला गुम्बा पदमपोखरीले व्यवस्थापन गरेको छ । तालिममा सहभागिताका लागि मकवानपुरका सबै गुम्बाका प्रतिनिधीलाई आग्रह गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!