सिलौटो प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमति पक्राउ

Posted on: 29 Oct, 2016

प्रेम सुनार | कात्तिक १३, गुल्मी | केहि दिन अघि विस्तरामा सुतिरहेका श्रीमानको टाउँकोमा सिलौटोको लोहरो प्रहार गरी हत्या गर्ने श्रीमतिलाई वुटवल  प्रहरीले पक्राउ गरेको छ । 

कपिलवस्तुको वुद्धवाटिका नगरपालिका–४ घर  भई वुटवलको मनकामना टोलमा डेरा गरी वस्ने वर्ष ३५ का श्रीमान शिव चौथरीलाई कार्तिक १० गते राती  हत्या गर्ने  उनकी श्रीमति कुमारी चौथरीलाई वुटवल ईलाका प्रहरीले पक्राउ गरेको हो । 

मदिरा सेवन गरी विस्तरामा निदाएको वेला अचार पिस्ने ४ सय ग्राम तौलको सिलाटाको लोहराले टाउँकामा प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक मुकुन्द मरासीनीको संयोजकत्वमा गठित अनुसन्धान टोलीले निष्कर्श निकालेको बताईएको छ । 

हत्या अभियोगी श्रीमति चौथरीलाई अदालतमा म्याद थप गरी हिरासतमा राखिएको वुटवलबाट प्रहरीद्धारा प्रेषित समाचारमा उल्लेख छ । हत्याको कारण नखुले पनि श्रीमानले विस्तरामा पिशाव फेरेको रिसले हत्या गरेको अभियुक्त श्रीमतिले बताएको जनाईएको छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!