नेपाल लेखापढी तथा कानुन व्यवसायी एसोसिएसनको सातौं महाधिवेशन हेटौंडामा सुरु

Posted on: 08 Apr, 2016

सुनिल शिवाकोटी, चैत्र २६, हेटौंडा / नेपाल लेखापढी तथा कानुन व्यवसायी एसोसिएसनको सातौं महाधिवेशन हेटौंडामा सुरु भएको छ ।

सोसिएसनको महाविधवेशनको समुदघाटन आज एक समारोहका विच भूमिसुधार राज्यमन्त्री विक्रमबहादुर थापाले गरेका छन महाधिवेशन उद्घाटन गर्दै राज्यमन्त्री थापाले लेखापढी व्यवसायीले कामको थालनी गर्दा कमजोरी गरे सर्वसाधारणले दुःख पाउने भन्दै नागरिक र सरकारबीचमा रहेर सराहनीय भूमिका निर्वाह गर्न लेखापढी तथा कानुन व्यवसायीलाई आग्रह गरेका छन ।

राज्यमन्त्री थापाले सरकारले प्रतिवद्धता जनाएका थुप्रै सेवाहरु दशौं वर्षसम्म पनि उपलब्ध गराउन नसकेको भन्दै ऐन कानुनको पालना गरी सेवा प्रवाह गरी देशभरका अव्यबस्थित बसोबास र पहिलेदेखि भोगचलन गरी आएका बसोबासको उचित व्यवस्थापन गर्न सरकार क्रियाशील रहेको बताएका छन । एसोसिएसनका केन्ıिय अध्यक्ष तेज प्रसाद ढकालले २०५२ सालमा स्थापित एसोसिएसन आºनो सेवालाई पारदर्शी बनाउन क्रियाशील रहेको बताएका छन ।

महाधिवेशन उद्घाटन अघि विहान मालपोत कार्यालय चोकबाट निकालिएको प्रभातफेरीे हेटौडाको विभिन्न चोकको परिक्रमा गरी कार्यक्रम उद्घाटन स्थल पल्पसा सभागृहमा पुगेको थियो । कार्यक्रममा सहभागी हुनका लागि देशभरका ७३ जिल्लाबाट करिब २० हजार व्यवसायीको प्रतिनिधित्व गर्दै करिब पाचसय प्रतिनिधि प्रतिनिधिहरु रहने महाधिवेशन सहआयोजक एसोसिएसन मकवानपुर अध्यक्ष नारायणबहादुर थोकरले बताए । २७ सदस्यीय केन्द्रीय समितिका लागी हुन महाविधवेशन तीन दिने सम्म चल्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!