कवि कलानाथ अधिकरी बिशेषांक प्रकाशित

Posted on: 17 Apr, 2016

Kalanath Adhikari

बैशाख ५, मकवानपुर । चितवनमा साहित्य लेखनको सय बर्ष पुगेको अवशरमा कबि कलानाथ अधिकारी बिशेषांक प्रकाशित भएको छ । चितवनमा साहित्य लेखनको शुत्रपात गरेकाले उहाँको सम्मानमा चितवन समसामयिक पत्रिकाले उक्त बिशेषंक प्रकाशित गरेको हो ।

बिशेषंकमा कवि अधिकारीको रचनाहरुमाथि बिभिन्न साहित्यकारहरुले धारणा राखेका छन्। बिसं २००८ मै मन-धन शिर्षकको खण्डकाब्य प्रकासित गर्नुभएका अधिकारी थारु भाषाको जितिया पावनी नामक कृतिका लागि चर्चित हुनुहुन्छ। अधिकारीको स्मृति दिवशको अवशर पारेर शनिबार चितवनको लेबरनगरमा कबि कलानाथ अधिकारी प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ पत्रकार पुरु रिसाल, कवि अधिकारिकि सुपुत्री बिश्वकान्ति कलाबति सुमार्गी, नातिहरु अजेयराज सुमार्गी, अरुणराज सुमार्गी, चितवन समसामयिकका प्रधान सम्पादक प्रा डा नारायणप्रसाद खनाल, सम्पादक बाबुराम पाण्डे, प्रा केदारनाथ खनाललगायतले संयुक्त रुपमा बिमोचन गर्नुभयो ।

स्वर्गिय कवि अधिकारी स्यंमले स्थापना गरेको बस्ति भएकाले लेवरनगरमा कार्यक्रम गरिएको हो। साहित्यिक तथा राजनितिक गतिबिधिहरुमार्फत जनचेतना अभिबृद्धिमा महत्वपूर्ण भूभिका निर्वाह गरेका अधिकारीका अन्य अप्रकाशित कृतिहरुको पनि खोजि हुनुपर्नेमा बक्ताहरुले जोड दिए। कार्यक्रममा चितवन र मकावानपुरका गरि २० भन्दा धेरै साहित्यकारहरुले रचना वाचन गरेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!