बाराको सडक दुर्घटनामा प्रहरी जवानको मृत्यु

Posted on: 01 Nov, 2016

कात्तिक १६, कलैया । पूर्व पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ–पथलैया सडकखण्डमा आज विहान भएको सडक दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प फुलगामा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान विनोदबाबु वस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

वा १ त ७७७७ नं।को मोटरसाइकलमा सवार भएर बीरगन्जतर्फ जाँदै गर्दा विपरित दिसाबाट आउँदै गरेको ना १ त ६०३८ नं।को ट्याक्टरमा मोटरसाइकल ठोकिँदा गम्भीर घाईते भएका मोटरसाइकल चालक सशस्त्र प्रहरी जवान वस्नेतको उपचारका क्रममा बीरगन्जस्थित नेशनल मेडिकल कलेज, शिक्षण अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!