बैतडीका एक जना चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा

Posted on: 02 Nov, 2016

ललित बोहरा /डडेल्धुरा । कर्तिक १७- सानै उमेरमा कामको खोजीमा भारत गएका हटैराज–२ गुर्केलीका नरेन्द्रबहादुर चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका छन् । १५ वर्षको उमेरमा कामको लागि भारत गएका चन्दलाई एक जापान पाकिस्तानीले दुबईमा जागिर लगाइ दिन्छु । भन्दै पाकिस्तान पुर्याएर अलपत्र छोडेका थिए । भारतको मुम्वईबाट बेपत्ता चन्द तीस वर्षपछि सम्पर्कमा आएका हुन् । पाकिस्तानको क्वटा शहरको बलोन मेडिकल कलेजमा अध्ययनरत डोटीका राजेन्द्रप्रसाद फुलाराबाट सम्पर्कमा आएका उनी नेपाल फर्कन चाहेको बताएका छन् ।

     ३० वर्षदेखि घरपरिवारको सम्पर्कमा नआएर बेपत्ता भएका उनी चरम पाकीस्तानमा भईरहेको द्धन्द्धमा पर्ने डरमा बाचीरहेको दुख ब्यक्त गरेको छ । पाकिस्तानको चमन सहरमा बस्दै आएका चन्द सामाजिक सञ्जालबाट सम्पर्कमा आएपछि उनका भतिज ललितचन्द र शंकरबहादुर चन्दसँग फोन सम्पर्कसमेत भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो घर परिवार, गाँउको ठेगाना लेखेर तीस वर्षदेखि पाकिस्तानमा रहेको र नेपाल फर्कन चाहेको बताएपछि उनी सम्पर्कमा आएका हुन् । उनले घर छोड्ने बेला नेपाली सेनाका जागिर दाई रणबहादुर र गंजबहादुर हाल रिटार्यड छन । हराएको लामो समयपछि सम्पर्कमा आउँदा घरपरिवार खुशी भएका हुन् । महेन्द्रनगरमा अध्ययनरत उनका भतिजा ललित चन्दले भने मैले अकल संग  फोनसम्पर्क गरेको र उनले रुदै भने म नेपाल आउन चाहन्छु मलाई नेपालको भुमी प्रतिमाया छ मलाई यता धेरै दुख छ । यस्तै रेडीयो अमरगढीले उहाँसंग प्रत्यक्ष कुरा गरेको छ । उनीलाई  नेपाली भाषा आउदैन । हिन्दीमा कुरा गर्दा उनको एकै माग थियो मलाई नेपाल आउन प्रक्रिया मिलाई दिनु म नेपाल आउन चाहन्छु । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!