राष्ट्रिय सहमतिको सरकारले मात्र संविधान कार्यान्वयन गर्न सक्छ :नेपाल

Posted on: 21 Apr, 2016
वैशाख ८, हेटौडा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकारले मात्र संविधान कार्यान्वयन गर्न सक्ने बताएका छन् । makune नेकपा एमाले सम्बद्ध नेपाल बैंक कर्मचारी संघको बुधबार हेटौँडामा दशौं महाधिवेशन उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयनको लागि सबै पार्टी एक ठाउँमा उभिनुपर्ने बेला आएको बताउनुभयो । जतिसुकै राम्रा काम गरेपनि प्रतिपक्षले सरकारको बिरोध गर्नैपर्ने प्रवृत्ति स्थापित हुँदै गएकाले पनि संविधान कार्यान्वयनको सामुहिक जस लिन राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको उनको तर्क छ । तर राष्ट्रिय सरकार कसको नेतृत्वमा भन्ने विषयमा उनले स्पष्ट पारेनन् । राष्ट्रिय सहमतिको सरकार नभएकै कारण भूकम्प पीडितले राहत पाउन ढिलाई भएको नेता नेपालको भनाई थियो । मुलुकै पुरानो बैंक सम्बद्ध कर्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आत्मनिर्भर अर्थतन्त्र विकास गरेर अघि बढ्नुपर्ने बताए । देशलाई अस्थिरतामा राख्ने अब कुनै बहाना बाँकी नरहेकाले देशलाई आर्थिक विकासको चरणमा प्रवेश गराउनुपर्ने उनले बताए । महाधिवेशनले ४२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!