हेटौँडाको हुप्राचौरमा जिल्ला स्तरिय भलिवल प्रतियोगिता हुने

Posted on: 25 Apr, 2016

बैशाख १३, हेटौँडा । हेटौँडाको हुप्राचौरमा आज देखि जिल्ला स्तरिय भलिवल प्रतियोगिता शुरु हुने भएको छ । २०७२ साल वैशाख १२ गतेको महा भुकम्पमा परि १३ गते निधन भएका राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत भलिबलका तत्कालिन मुख्य प्रशिक्षक केशवलाल क्षेष्ठको बार्षिक पुण्यतिथिको अवसरमा आयोजना गरिएको प्रतियोगितामा मकवानपुर जिल्लाका ८ वटा टिमको सहभागिता रहने प्रत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

जिल्लामा भलिवल खेलाडि उत्पादन सँगै क्षेष्ठको भलिवलको क्षेत्रमा पु¥याएकोे योगदानलाई जिवन्त राख्नको लागि प्रतियोगिताको आयोजना गरिएको केशव लाल क्षेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरका अध्यक्ष हरिबहादुर महतले जानकारी दिनु भयो ।

हेटौडा स्कुल अफ म्यानेजमेण्टको मुख्य प्रोयोजन तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति,हेटौँडा सिटि कलेज र वाँनियाँ ट्रेर्डस हेटौँडा सहयोगी रहेको प्रतियोगितामा विजेता हुनेले४० हजार नगद, र उपविजेताले २५ हजार नगर सहित शिल्ड,मेडल र प्रमाण प्रत्र प्राप्त गर्नेछन ।

प्रतियोगिता सम्पन्न गर्नको लागि करिव सवा दुई लाख रुपैया खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । दिउसो २ वजे स्थानिय विकास अधिकारी लक्ष्मण विक्रम थापाले प्रतियोगितो उद्घाटन हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!