भारतीय राष्ट्रपति पोखरा आगमनको पूर्वअभ्यास गरियो

Posted on: 03 Nov, 2016

कात्तिक १८, पोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार हुने पोखरा भ्रमणको पूर्वतयारी स्वरुप आज पूर्वअभ्यास गरिएको छ । 

राष्ट्रपति मुखर्जी सर्वप्रथम आउने पोखरा विमानस्थलदेखि उहाँले केही समय आराम गर्ने होटल पोखरा ग्रान्ड र पूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने भारतीय पेन्सन क्याम्पसम्म पूर्वअभ्यास गरिएको हो । 

पूर्वाभ्यासमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल, नेपाली सेनाका पश्चिम पृतनापति जगदीशचन्द्र पोखरेल, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलगायतको उपस्थिति थियो । 

राष्ट्रपति भ्रमणका लागि आवश्यक सम्पूर्ण तयारी लगभग अन्तिम चरणमा पुगेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!