दलित तथा अपाङगता व्यक्तिलाई तालिम

Posted on: 03 Nov, 2016

साजन परियार कात्तिक १८, पर्वत
दलित तथा अपाङगता भएका व्यक्तिहरुको नेतृत्व अभिवृद्धि गर्ने र गाउँघरको द्धन्दलाई समाधन गर्नमा सहयोग पु¥याउने उद्देश्यले पर्वतको कुश्मा दुई दिने तालिम शुरु भएको छ । लवी÷वकालत, नेटवर्कीङ, उपयोग र परिचालन नेतृत्वसीप र द्धन्द समाधान सम्वन्धीे तालिमको आज औपचारिक रुपमा उद्घाट्न गरिएको छ ।
 प्लान इन्टरनेशनल नेपालको सहयोग र राष्ट्रिय दलित विकास संस्था पर्वतको व्यवस्थापनमा उक्त तालिम शुरु भएको हो । तालिमा पर्वत जिल्लाका ३० जना दलित तथा अपङगता व्यक्तिहरुको सहभागिता रहेको राष्ट्रिय दलित विकास संस्था पर्वत लेखापाल रामचन्द्र नेपालीले जानकारी दिनुभयो ।
 आज र भोलीसम्म सञ्चालन हुने तालिमको सहजिकरण राष्ट्रिय दलित विकास संस्था पर्वतका सदस्य उद्विर नेपाली र मनोहर वि पौडेलले गर्ने संस्थाले जनाएको छ ।
राष्ट्रिय दलित विकास संस्था पर्वतका अध्यक्ष भिमवहादुर नेपालीको अध्यक्षतामा शुरु भएको तालिममा स्वागत मन्तव्य कार्यक्रम अधिकृत धनश्याम वस्याल र कार्यक्रमको सञ्चालन संस्थाका सचिव जुनादेवी नेपालीले गर्नुभएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!