हेटौडामा जिल्ला स्तरिय भलिवल प्रतियोगिता आजबाट शुरु

Posted on: 25 Apr, 2016

जिवराज बख्रेल/बैशाख १३ मकवानपुर । राट्रिय खेलकुद परिषद्मा कार्यरत भलिबलका तत्कालिन मुख्य प्रशिक्षक केशवलाल क्षेष्ठको बार्षिक पुण्यतिथिको अवसरमा आज वाट जिल्ला स्तरिय भलिवल प्रतियोगिता शुरु भएको छ । हेटौडाको हुप्रा चौरमा भएको उद्घाटन खेलमा यूग प्रकाश क्लव र हटिया स्पोर्टस क्लव विच भएको खेलमा यूग प्रकाश क्लवले २५ः२१,२५ः२२ को सोझो सेटमा हटिया स्पोर्टस क्लवलाई पराजित गरेको हो । त्यस्तै आजै भएको खेलमा छतिवनले नागरिक सचेतना क्वल सुकौरालाई १८ः२५,२५ः१६,१५ः८ सेटले छतिवनले विजय भएको हो । जिल्लामा रहेको भलिवल खेलाडि उत्पादन सँगै क्षेष्ठको भलिवलको क्षेत्रमा पु¥याएकोे योगदानलाई जिवन्त राख्नको लागि प्रतियोगिताको आयोजना गरिएको केशव लाल क्षेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरका अध्यक्ष हरिबहादुर महतले जानकारी दिनु भयो । केशव लाल क्षेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरका अध्यक्ष हरिबहादुर महतको सभाध्यक्षतामा शुरु भएको प्रतियोगितामा विजेता हुनेले ४० हजार नगद, र उपविजेताले २५ हजार नगर सहित शिल्ड,मेडल र प्रमाण प्रत्र प्राप्त गर्नेछन । हेटौडा स्कुल अफ म्यानेजमेण्टको मुख्य प्रोयोजन तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति,हेटौँडा सिटि कलेज र वाँणियाँ ट्रेर्डस हेटौँडा सहयोगी रहेको प्रतियोगिता हेटौडाको हुप्रा चौरमा भइरहेको छ । मकवानपुर जिल्लाका ८ वटा टिमको सहभागिता रहेको सो प्रतियोगिताको उद्घाटन स्थानिय विकास अधिकारी लक्ष्मण विक्रम थापाले गर्नु भयो थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!