तिहारको चार दिनसम्म पिएको रक्सीले लियो महिलाको ज्यान

Posted on: 03 Nov, 2016

प्रेम सुनार । कात्तिक १८, गुल्मी | तिहारको चार दिन सम्म लगातार मदिरा सेवन गरेपछि भाई टिकाको दिन मृत्यु भएकी महिलाको शव आज सदरमुकाम ल्याईएको छ । गुल्मीको ठुलोलुम्पेक गाविस वडा नम्वर– १ खेदडाँडाडाकी ५४ वर्षिया तुलकुमारी फौजा मगरको आफ्नै घरमा मृत फेला परेको शव आज जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलिले सदरमुकाम ल्याएको हो । 

उनका श्रीमान रामबहादुर फौजा र उनका छोरा नेत्रबहादुर फौजाका अनुसार ४ दिन देखि लगतार मदिर सेवान गरेर वसेकी तुलकुमारीलाई गए राती परिवारले घरको कोठामा नाक र मुखबाट तरल पदार्थ बगेको र हात खुट्टा खुम्चीएको  अवस्थामा मृत फेला पारेका थिए । 

छोरा नेत्रबहादुरकाले आमाले कहिले लगतार एक–डेढ महिना सम्म मदिरा सेवन गर्ने त कहिले चट्ट छाड्ने गरेको बताए । मृतक महिलाका चार छोरी र एक छोरा रहेको बताईएको छ । यसै विच गए राती गुल्मीको पुर्कोटदहमा एक जना मदिरा सेवन गर्ने व्यक्ति विष सेवन गरी मृत्यु भएको प्रहरीले जनाएको छ । 

पुर्कोटदह–८ का  ४१ वर्षिय दिपबहादुर ओली घरकै कोठामा विष सेवन गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । निजको शव सदरमुकाम तम्घास ल्याईदै गरेको बताईएकोले थप विवरण आउन बाँकी रहेको छ ।  मृतकका घरमा दुई छोरा एक श्रीमति रहेको  प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!