यात्रा गर्नेको बसपार्कमा बिहानै देखि घुईचो

Posted on: 03 Nov, 2016

कार्तिक १८ / डडेल्धुरा ।  आज बिहानै देखि आ–आफ्नो गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो देखिएको छ । तिहार सकिए पछि गाउ घर तथा आफन्त कहा पुगेका नागरिक गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो बढेको हो । सुदुरपश्चिममा साईतको बिषेश महत्व रहने भएकाले पनि आज आ–आफ्नो गन्तव्य तिर जाने आउनेको चहलपहल बढेको हो । भाई टिकाको दोस्रो दिन १७ र तेस्रो दिन १९ गते परेकाले पनि आज बिहिबार र गतेको राम्रो दिन भएकाले यात्रा गर्नेको घुईचो बढेको यात्रुहरुले बताउने गरेका छन । सुदुरपश्चिममा प्राय ईष्ट मित्र एवं माईती तथा घर जाँदा महिनाको १९ गते सकभर यात्रा नगर्ने परम्परा रहिआएको छ । यहि परम्परा अनुरुप आजका दिन यात्रा गर्नेको डडेल्धुरा बसपार्कमा निकै भिडभाड देखिएको  छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!