विश्वज्योति प्रतिष्ठानको अध्यक्षमा पौडेल सर्वसहमत चयन

Posted on: 04 Nov, 2016

कार्तिक १९ पर्वत । विश्वज्योति प्रतिष्ठान बाग्लुङको अध्यक्षमा डिल्लीप्रसाद पौडेल सर्वसहमत रुपमा चयन भएका छन् ।
    प्रतिष्ठानको तेस्रो     साधरण सभा तथा दोस्रो अधिवेशनले पौडेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा नयाँ भन्दा पनि बढी पुरानै अनुहारहरु दोहोरिएका छन् ।
    प्रतिष्ठानको उपाध्यक्षमा टुकनाथ पौडेल, सचिवमा       ढुण्डीराज पौडेल, कोषाध्यक्षमा विमलादेवि चपाई र सहसचिवमा राम पौडेल रहेका छन् । त्यस्तै सदस्यहरुमा बाबुराम आचार्य, रामप्रसाद शर्मा, दुर्गाप्रसाद शर्मा, हेमराज आचार्य, लक्ष्मण पौडेल, निर्मला शर्मा, माधव पौडेल र प्रकाश शर्मा चयन भएका छन् ।
    बावियाँचौर उपस्वास्थ्यचौकीका प्र्रमुख गोविन्द चपाई, नेपाली काँग्रेस वडा अध्यक्ष टिकाराम पौडेल र जनचेतना युवा क्लबका सदस्य हरिप्रसाद शर्माले प्रतिष्ठानले गरेको कामको प्रशंसा गरेका थिए ।
जिल्लाको विकास, युवा स्वरोजगारको लागि कदम चालेको प्रतिष्ठानले कुश्मिशेराको विकासको लागि गरेको कार्य उल्लेखनीय रहेको उनीहरुको तर्क थियो । सोही अबसरमा कोषाध्यक्ष र सचिवले आर्थिक र प्रगति प्रतिबेदन प्रस्तु्त गरेका थिए ।२०७० सालमा कुश्मिशेरा ४ बाग्लुङमा, युवा सचेतना, ग्रामिण विकास, व्यवसायी तालिम तथा आन्तरिक पर्यटनको विकासको लागि स्थापना भएको प्रतिष्ठानले बाग्लुङ कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!