स्थानिय शान्ति समिति मकवानपुरमा १६ उजुरी दर्ता

Posted on: 29 Apr, 2016

जिवराज बख्रेल । वैशाख १७, हेटौंडा | स्थानिय शान्ति समिति मकवानपुरले दस वर्षे सशस्त्र संघर्षका समयमा भएका पिडित ब्यक्तिको उजुरी संकलन गरिरहेको छ ।

सरकारले गठन गरेको बेपत्ता छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगले जिल्लामा रहेको स्थानिय शान्ति समिति मार्फत उजुरी संकलन गरिरहदा आज सम्म १६ पिडित ब्यक्तिको उजुरी दर्ता गराएको स्थानिय शान्ति समिति मकवानपुरले जनाएको छ । जस मध्य ५ वटा उजुरी बेपत्ता ब्यक्ति छानबिनका लागी र ११ वटा उजुरी द्धन्द्ध पिडित घटनाका उजुरी दर्ता भएका छन् । अरु जिल्लाको तुलनामा मकवानपुरमा न्यून सङख्यमा उजुरी दर्ता भएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!