भारतीय राष्ट्रपति मुखर्जी पोखरामा

Posted on: 04 Nov, 2016

कात्तिक १९, पोखरा । नेपालको तिन दिने भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी भारतीय भूपू सैनिकको कार्यक्रममा सहभागी हुन केहीबेर अघि यहाँ आइपुग्नुभएको छ । 

उहाँले भारतीय पेन्सन क्याम्पको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति मुर्जीलाई सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, क्षेत्रीय प्रशासक खगराज बराललगायत उच्च सरकारी अधिकारीले पोखरा विमानस्थलमा स्वागत गर्नुभएको थियो । 

राष्ट्रपति मुखर्जी पोखरा पुग्दा यहाँका नागरिकले भव्य स्वागत गरेका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!