भोजपुरमा आफ्नै श्रीमान्ले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप

Posted on: 04 Nov, 2016

कात्तिक १९, भोजपुर । जिल्लाको पूर्वी बास्तिम गाविसमा आफ्नै श्रीमान्ले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ । 

श्रीमती सुष्माले बास्तिम गाविसबाट बच्चाको जन्मदर्ता गराएर फर्कदै गर्दा गए राति बाटैमा धारिलो हतियार प्रयोग गरी श्रीमान् राजकुमार बस्नेतले हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जिकिर गरेको छ । अभियुक्त राजकुमार फरार छन् । 

हत्याको कारण भने खुल्न सकेको छैन । उनको खोजी जारी रहेको प्रहरी निरीक्षक राधाप्रसाद पराजुलीले बताउनुभयो । सुष्माको शव परीक्षणका लागि आज जिल्ला अस्पताल भोजपुरमा ल्याइँदै गरेको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!