नेपाल सडक मजदुर ट्रेड यूनियन मध्यमाञ्चल क्षेत्रीय कमिटी अधिवेशन सम्पन्न

Posted on: 29 Apr, 2016

जिवराज बख्रेल | वैशाख १७, हेटौंडा । डिभिजन सडक कार्यालयमा कार्यरत मजदुरहरुको संगठन नेपाल सडक मजदुर ट्रेड यूनियन मध्यमाञ्चल क्षेत्रीय कमिटीको पाँचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा पुनः ललितपुर जिल्लाका महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार भएको अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ९ सदस्य कार्य समिति चयन गरेको होे । जसमा उपाध्यक्षमा हेटौँडाका गोविन्द प्रसाद आचार्य, सचिवमा भक्तपुरका विष्णु खत्री, सहसचिवमा भरतपुरका मिनप्रसाद पाठक र कोषाध्यक्षमा बनेपाका रविन्द्र श्रेष्ठ चयन भएका थिए । मध्यमाञ्चल क्षेत्रीय कमिटीका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर डिभिजन सडक कार्यालयका डिभिजनप्रमुख मुकुन्दराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा डिभिजन सडक कार्यालय हेटौँडाका इन्जिनियर दारोगा प्रसाद, निर्वतमान अध्यक्ष राजेन्द्र सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!