पार्टि कार्यालय निर्माणको लागि एक लाख आर्थिक सहयोग

Posted on: 30 Apr, 2016

nnewsजिवराज बख्रेल | बैशाख १८, मकवानपुर | राष्ट्रिय प्रजातान्त्रिक युबक संगठन नेपाल मकवानपुरका अध्यक्ष अर्जन ढुङगानाले पार्टि कार्यालय निर्माणको लागी आर्थिक सहयोग गर्नु भएको छ ।

ढुङगानाले आज एक कार्यक्रमका विच भवन निर्माणको लागी १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग भवन निर्माण समितिका संयोजक पार्टीका केन्द्रिय सदस्य एबं नारायणी अञ्चल संयोगक मधु अधिकारीलाई हस्तान्तरण गर्नु भएको हो । राप्रपा नेपाल मकवानपुर जिल्ला पार्टी कार्यालय भवन ३ महिना भित्र निर्माण सम्पन्न गर्ने योजना सहित निर्माण कार्य भइरहेको छ ।

४० लाखको लागत अनुमान गरीएको भवनको हेटौडा ५ सानोपोखरा स्थित निर्माण कार्य जारी रहेको छ । भवन पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, सुभेच्छुक तथा सहयोगीको सहयोगबाट निर्माण गरिने राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!