जनताको सुखःदुख आफ्नो चासोको विषयः गणेश थापा

Posted on: 01 May, 2016

बैशाख १९, हेटौँडा | राष्ट्रिय प्रजातन्त्र पार्टिका नेता तथा सांसद गणेश थापाले मकवानपुरको विकास निर्माण र मकवानपुरे जनाताको सुख-दुख नै आफ्नो चासो र महत्वको विषय भएको बताएका छन् ।

आइतबार हेटौंडा ६ नम्वर र १९,२०,२१,२२ नम्बर जोड्ने पक्की पुलको विषयमा स्थानीयसँग छलफल गर्दै थापाले सवै राजनैतिक दल र नेता हरुले विकास लाइ प्राथमिकता दिनुपर्ने बताए । थापाले आफुहरुको पहलमा ३ करोड लागत बरावरमा पुल निर्माण गर्न लागिएको कुरा स्थानीय जनतालाई जानकारी गराएका थिए । थापाले आफुले राजनीतिलाई समाज सेवाको रुपमा लिएको स्पष्ट पर्दै राप्रपा नेपालले विकास निर्माणमा नेतृत्वदायी भुमिका निर्वाह गर्नेु पर्ने बताए ।

यसैविच सांसद थापाले गढी गाविस ३ र आमभञ्ज्याङ ८ जोड्ने करिब १ करोड लागतमा निर्माण हुने १८० मिटर बराबरको झोलुङेपुलको सर्भे कार्यक्रममा पनि सहभागी भएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ । कार्यक्रम स्थल बाँसबारीमा सहभागि हुदैै थापाले मकवानपुरले जनताको अनुहारमा हासो खुसी देखिए आफ्नो राजनीति पुर्ण हुने बताए । त्यस्तै थापाले विकास निर्माणमा आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!