अरिंगालको टोकाईबाट एकै परिवारका दुई जनाको मृत्यु

Posted on: 05 Nov, 2016

ललित बोहरा/ कार्तिक २०, डडेल्धुरा ।  बैतडीको थलाकांडा गाविस ८ जोगीचिउरामा अरिंगालको टोकाईबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अरिंगालको टोकाईबाट आफ्नो माईती बाट घर फर्कि रहेकी ४५ बर्षिय पम्मा साउद र उनका १२ बर्षिय नाती दिपक साउदको मृत्यु भएको हो । थलाकांडा गाविस १ भागडा स्थित आफ्नो माईती बाट घर फर्किदा उनलाई अरिंगालले टोकेको थियो । अरिंगालको गोला उनी र उनका नातीको टाउकोमा खनिए पछि अरिंगालको गोला नजिकै १८ बर्षि दिपक र केही पर पम्माको ज्यान गएको उनका देवर दलबहादुर साउदले बताएको बैतडीबाट सहकर्मी सुरेन्द्र साउदले जनाएका छन । हिजो राती मलपासोले अरिंगालको गोला फुटाई खाएको र बाँकी रहेका अरिंगालको टोकाईबाट उनि दुई जनाकै ज्यान गएको स्थानियले बताएका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!