डडेल्धुरामा पहिलो पटक आज सेपाक ताक्रो खेलको नमुना अभ्यास

Posted on: 05 Nov, 2016

ललित बोहरा / २० कार्तिक डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक शनिबार सेपाक ताक्रो खेलको नमुना अभ्यास गरिएको छ । तिन जनाको एक समुह बनाई खेलिने सेपाक ताक्रो खेल सातौ राष्ट्रिय प्रतियोगिताको तायारी स्वरुप नमुना अभ्यास गरिएको हो । खेलकुद विकास समिती डडेल्धुरा अन्तर्गत नेपाल सेपाक ताक्रो जिल्ला संघ डडेल्धुराको आयोजनामा नमुना अभ्यास गरिएको हो । बिरेन्द्र बिद्या मन्दिर उच्च मावि कैलालीका खेलाडीले खेलकुद विकास समिती डडेल्धुराको खेल मैदानमा नमुना अभ्यास गरेका थिए । सानो मैदानमा कम जनशक्ति, कम खर्चिलो एवं सरल तवरबाट खेल सञ्चालन गर्न सकिने हुदा पहाडी जिल्लामा राम्रो सम्भावना भएका कारण डडेल्धुरामा नमुना अभ्यास गरिएको हो । २०७२ सालमा नेपालले यस खेललाई राष्ट्रिय खेलमा समावेस गरेका थियो ।

     यो खेललाई सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेस गरिएको छ । अभ्यास खेलमा केही समय अघि थाईल्याण्डमा भएको प्रतियोगितामा नेपालबाट सहभागी तथा अबको केही समय पछि श्रीलंकामा हुने प्रतियोगितामा महिला टोली बाट छनौट भएका एक÷एक जना खेलाडी सहित नौ जनाको सहभागिता थियो । थाईल्याण्डमा भएको प्रतियोगितामा सेपाक ताक्रोमा नेपालले तेस्रो स्थान ल्याएको थियो । सेपाक ताक्रो खेललाई काठ्माण्डौ, पोखरा, ईटहरीमा विस्तार गर्न केन्द्रले समपुर्ण खर्च व्यहोर्ने गरी मुख्य प्रशिक्षक राम बहादुर थापालाई सात दिन, १५ दिनको तालिम प्रदान गर्ने गरीएको छ । सुदुरपश्चिम राज्यको हरेक स्तरमा स्थान नपाउने भएकाले  सुदुरपश्चिममा यस खेलको विस्तराका लागी आफै लागी परेको सेपाक ताक्रो संघका केन्द्रिय उपाध्यक्ष अर्जुन ठकुल्लाले बताएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!