घर दैलो वाट एम्वुलेन्सको सेवा पाउने भएपछि स्थानीय खुशी

Posted on: 02 May, 2016

बैशाख २०, मकवानपुर । आफ्नै घर दैलो वाट एम्वुलेन्सको सेवा पाउने भएपछि मकवानपुर नामटार गाविसका स्थानीय खुशी भएका छन् । राट्रिय प्रजातन्त्र पार्टिका नेता तथा साँसद गणेश थापाकोे पहलमा गाँउमा एम्वुलेन्स आउने भए पनि स्थानीय खुसि भएका हुन । आज भए कार्यक्रमका विच साँसद थापाले आफ्नै पहलमा केहि दिन भित्रै एम्वुलेन ल्याइदिने घोषण गर्दै गर्दा स्थानियले जोडदार ताली सहित खुशी ब्यक्त गरेका थिए । कार्यक्रममा मन्तब्य राख्दै थापाले नामटार गाविस सहित छिमेकी गाविको सेवाको लागी पहिलो चरणमा आफ्नो पहलमा एम्वुलेन्स सहयोग गरेको भन्दै , विभिन्न पाँच स्थानमा एम्वुलेन्सको लागी यस लगत्तै पहल सुरु गर्ने पनी प्रतिवद्धता ब्यक्त गर्नु भयो । नामटार गाविस सचिव रामु रीजालको अध्यक्षता भएको कार्यक्रममा राप्रपा नेपाल नामटार पुर्व गाविस अध्यक्ष खड्ग वहादुर लामा , नेपाली काग्रेस गाउँ कमिटी अध्यक्ष रामकृष्ण थापा ,एमाले नामटारका रामहरी पराजुली,एकिकृत माओवादि नामटार अध्यक्ष मदन वर्तौला लगाएतले मन्तब्य राख्ुन भएको थियो । कार्यक्रममा मन्तब्य राख्ने अधिकांस दल र ब्यक्तिले राजनैतीक र ब्यक्तिगत स्वार्थ माथि उठेर थापाले गरेको सहयोगको प्रशंसा गरेको थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!