भैसे गाविस अध्यक्षमा औतार लामा चयन

Posted on: 02 May, 2016

बैशाख २०, मकवानपुर । राष्ट्रिय प्रजातान्त्रीक युवक संगठन नेपाल मकवानपुर भैसे गाविस अध्यक्षमा औतार लामा चयन हुनु भएको छ । आज भएको भेले लामाको अध्यक्षतामा ९ सदस्य कमिटि गठन गरेको हो । त्यस्तै भेलाले राट्रिय प्रजातन्त्रीक महिला संगठन नेपाल भैसे गाउँ कमिटि पनि गठन गरेको छ । रेनु परीयारको अध्यक्षता ८ सदस्य भैसे गाँउ कमिटी गठन गरीएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ । कार्यक्रमा राट्रिय प्रजातन्त्र पार्टि मकवानपुर जिल्ला अध्यक्ष नवराज विष्ठ ,वरीष्ठ उपाध्यक्ष रामहरी न्यौपाने, जिल्ला उपाध्यक्ष शिवराम थापा, नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, युवक संगठन जिल्ला अध्यक्ष अर्जुन ढंगाना लगाएतको आतिथ्यता रहेको थियो ।।

यस बिषयमा तपाइको प्रतिक्रिया...!