गाडीको ठक्करबाट डडेल्धुरामा एक महिलाको मृत्यु

Posted on: 06 Nov, 2016

ललित बोहरा /२१ कार्तिक डडेल्धुरा  । डडेल्धुराको अमरगढी नगरपालिका–५ उग्रतारा मन्दीर नजिकै डकलेमा आइतबार बिहान गाडीको ठक्करबाट एक महिलाको ज्यान गएको छ । पोखराबाट डडेल्धुरा तिर आउर्दै गरेको उग्रतारा सार्बजनीक यातायातको से १ ज ७८७ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा बाँया खुट्टाको घुँडामुनिको सबै भाग किचिएर अमरगढी नगरपालिका–७ सल्ला गाउँकी ५० वर्र्षीया डम्बरी देबी बोहरा घाइते भएकी थिइन । घाइते डम्बरीको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक पे्रम शाहीले जानकारी दिनु भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!