जारी संबिधान कार्यानयन गर्न चुनौतीपुर्णः एमाले नेता खनाल

Posted on: 06 May, 2016

बैशाख २४, मकवानपुर । पुर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले जारी भएको संबिधान कार्यनयन गर्नका लागि निकै चुनौती पुर्ण रहेको बताउनुभएको छ । मकवानपुरमा रहेको हेटौडा एफ. एम को दशौ बार्षिक उत्सबको आज हेटौडामा उद्धघाटन् गर्दै उहाँले संबिधान कार्यनयन गर्ने काम चुनौती पुर्ण भएकाले नेपालका एफ. एमहरुको यसमा महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । अब मुलुकमा संबिधान कार्यनयन गर्दै आर्थिक र सृमृद्धीको बाटो तफै लैजानुपर्ने बेला आएको बताउनुभयो । मुलुकलाई आर्थिक र समृद्धीको बाटोमा लैजानका लागि हेटौडा एफ. एमले महत्वपुर्ण भुमिका खेल्नुपर्ने पुर्ब प्रधानमन्त्री खनालले बताउनुभयो । मुलुकका अबका दिनहरु निकै चुनौती पुर्ण रहेको उहाँले बताउनुभयो । अबका दिनहरुमा एस. एफएमले आर्थिक, सामाजिक, संगै भौतीक बिकाश गर्नका लागि महत्वपुर्ण भुमिका खेलेको बरिष्ठ नेता खनालले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!