दर्लिङ्गमा आजबाट एकादशी मेला सुरु

Posted on: 07 Nov, 2016

प्रेम सुनार/कात्तिक २२, गुल्मी  । गुल्मीको दर्लिङ्गमा आजबाट कार्तिक २६ गते सम्म ऐतिहाँसिक एकादशी मेला लाग्ने भएको छ । तुल्सी स्मृति युवा क्लव दर्लिङ्गले  अयोजना गरेको   ५ दिने एकादशी मेलाका अवसरमा खुल्ला पुरुष र महिला भलिवल खेल, रस्साकस्सी, भेलो नाच   प्रतियोगिता भेली देखि सुरु हुँदै छ ।

अन्तिम दिन कार्तिक् २६ गते भव्य सांस्कृतिक कार्यक्रम नेटा दर्लिङ्ग उच्च माध्यामिक विद्यालयको प्रगाणमा हुने र त्यहाँ हजारौं जना मेला भर्न आउने क्लका अध्यक्ष दिपन्द्र घर्तिले बताए । हरेक वर्ष लाग्ने दर्लिङ्गको एकादशी मेलामा अर्खवाङ्ग,  ह्वाङ्गदी,  नेटा, पौदीअमराई, छापाहिले र छिमेकी जिल्ला वाग्लुङ्ग सम्मका मानिसहरु मेला भर्न आउने गर्दछन् ।

  मेलामा स्थानिय परिकार, विभिन्न जातजातीका भेषभुषा प्रर्दशन र विशेष गरी स्थानीय लोकभाका र सोरेठीलेको रमझमलाई विशेष महिमाका साथ लिने गरिन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!