नागरिक वडा मञ्च द्धारा बगर उत्खनन् गर्ने काम तत्काल रोक्न माग 

Posted on: 10 May, 2016

बैशाख २८, मकवानपुर । आरक्ष क्षेत्र र राप्ती नदिमा संचालन भएको क्रसर उद्योग तत्काल वन्द गर्न वडा नागरीक मञ्चले माग गरेको छ । हेटाँैडा उपमहानगरपालिका २८ का नागरिक वडा मञ्चले मापदण्ड विपरित नदि उत्खनन् गरेको भन्दै रोक्नको लागि माग गर्दै ज्ञापन आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन प्रत्र बुझाएको हो । वडा नम्बर २८ वसमाडि राप्ती नदि क्षेत्रमा माप दण्ड विपरित ठुला ठुला मेसिन औजार प्रयोग गरि मनोमानी ढंगबाट बगर खनेर क्रसर उद्योगहरुमा भण्डारण गर्ने कामले जनतालाई प्रतिकुल असर परेको उनीहरुको भनाई छ । त्यस कार्यलाई नियन्त्रण गर्नको लागि भन्दै आज जिल्ला प्रशासन कार्यालय,जिल्ला वन कार्यलय,पर्सा वन्यजन्तु कार्यालय,अख्तियार दुरुपायेग अनुसन्धान क्षेत्रिय कार्यालय हेटौडा लगाततको ठाउँमा ज्ञापन प्रत्र बुझाएको छ । नागरिक मञ्चले सामाजिक विकास निमार्णमा क्रसर व्यवसायिको प्रर्दशन गरि आम आवाज उठाँउदा पहुचवाला र प्रशासन समेतको मिलोमतोमा दवाव र शक्ति प्रर्दशन गरि आम जनताको शिक्षा,स्वास्थ्य र सामाजिक स्थायित्व माथि नै खलल् पुगेको प्रति चिन्ता व्यक्त्त गर्दै ज्ञापन प्रत्र वुझाएको वडा नंम्बर २८ का नागरिक वडा मञ्च अध्यक्ष अरुण सिङ्ग लामाले बताउनु भयो । जनतासंग प्रत्यक्ष सरोकार राख्ने माग पुरा गर्न निकायले आनाकानी गरेमा अब आन्दोलनमा उत्रने समेत ज्ञापन पत्रमा लेखिएको छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!