पत्रकार एवं गीतकार क्षेत्रीको सम्झना

Posted on: 10 May, 2016

बैशाख २८, मकवानपुर । नेपाल प्रेस युनियनका केन्द्रीय सचिव एवं नेपाल पत्रकार महासंघका सभासद् सूर्यकुमार क्षेत्रीलाइ १३ औ दिनको पूण्य तिथिको अवसरमा सम्झना गरीएको छ । नेपाल प्रेस युनियन मकवानपुर शाखाले आज हेटौँडामा श्रद्धान्जलि कार्यक्रमको आयोजना गरी क्षेत्रीप्रति श्रद्धाञ्जली ब्यक्त गरेको हो ।

पे्रस युनियन मकवानपुर अध्यक्ष रुपेश दुलालको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा प्रेस युनियनका केन्द्रीय सदस्य एवं मध्यमाञ्चल संयोजक राममणि दाहाल पत्रकार हरि हुमागाई ,केशव समपर्ण लगाएतले क्षेत्रीको व्यक्तित्वको चर्चा गर्नु भएको थियो । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारी, सचिव कृष्ण सारु, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्टलगायतका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । गीतकार क्षेत्रीले पाँचसयभन्दा बढी गीतहरुको रचना गर्नु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!