कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक एक महिना बन्द हुने

Posted on: 10 May, 2016

बैशाख २८, मकवानपुर । साँघुरो बाटोमा अत्यधिक सवारी चाप बढेपछि सडक फराकिलो (डबल लेन)मा स्तरीकरण भइरहेको भन्दै कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक एक महिना बन्द हुने भएको छ । डिभिजन सडक कार्यालय काठमाडौंले सूचना प्रकाशन गरेर उक्त बाटो निर्माणको क्रममा अग्ला पहाड काटेर चौडा गर्नुपर्ने बाध्यता रहेकोले साँघुरो सडक अबरुद्ध हुने, ढुंगा खसी दुर्घटना हुने उच्च जोखिम रहेकोले सवारी र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै बाटो बन्द गर्नु परेको जनाएको छ । जेठ १ गतेदेखि एक महिनासम्म विहान ११ बजेदेखि साँझ ५ बजेसम्म उक्त बाटोमा आवतजावत बन्द गर्ने जनाएको कार्यालयले हेटौंडाबाट दक्षिणकाली जाने सवारीसाधन विहान ९ बजे कुलेखानीबाट प्रस्थान गरिसक्नुपर्ने र ११ बजे दक्षिणकाली पुगिसक्नुपर्ने जनाएको छ । यस्तै, दक्षिणकालीबाट हेटौंडा आउने सवारीसाधन विहान ९ बजे दक्षिणकालीबाट प्रस्थान गरिसक्नुपर्ने र साढे १० बजे सिस्नेरी पुगिसक्नुपर्ने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!