हेटौंडा दुग्ध बितरण आयोजनाद्धारा नौ महिनामा २६ करोडको दुग्ध पदार्थ विक्री

Posted on: 10 May, 2016

बैशाख २८, मकवानपुर । हेटौंडा दुग्ध बितरण आयोजनाले विषम परिस्थितिका बाबजुद चालु आर्थिक वर्षको चैतसम्ममा करिब २६ करोड रुपिया“ बराबरको दूध र दुग्ध पदार्थ उत्पादन तथा बिक्री गरेको छ । आयोजनाले २५ करोड ५० लाख ८३ हजार रुपिया“ बराबरको दूध, दही, पनिर, घिउ, आइस्क्रिम, मख्खन, लालमोहन, पेंडा र क्रिम बिक्री गरेको हो । आयोजना प्रमुख सन्दीपराज प्रधानका अनुसार चैतसम्ममा करिब १ करोड ७५ लाख १० हजार रुपिया“ बराबरको एक लाख ७५ हजार १ सय लिटर दही, १२ करोड ३७ लाख १२ हजार रुपिया“ बराबरको १९ लाख ३३ हजार लिटर दूध र करिब १ करोड ८६ लाख रुपिया“ बराबरको २४ हजार ८ सय लिटर घिउ उत्पादन तथा बिक्री भएको हो । आयोजनाले उक्त अवधिमा १ करोड ५५ लाख २९ हजार रुपिया“ बराबरको २९ हजार ३ सय किलो पनिर, ११ लाख १० हजार रुपिया“ बराबरको ३ हजार ७ सय लिटर आइस्क्रिम र करिब ३ करोड ५१ लाख मूल्य बराबरको ५४ हजार केजी मख्खन उत्पादन गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!