जुम्लाबाट विदेशीने युवाहरुको संख्या बढ्दै

Posted on: 08 Nov, 2016

नन्दराम जैशी, कात्तिक २३, जुम्ला । जुम्लामा रोजगारीको अवसर नपाएपछि आर्थिक वर्ष ०७३÷०७४ को चार महिनाभित्र जुम्ला जिल्लाका विभिन्न गाविसबाट २ सय ६९ युवाहरु विदेशिएका छन् । पछिल्लो समयमा हिमाली जिल्लामा यो क्रम तीब्र रुपमा बढिरहेको छ । विदेशिने युवामा दू्रत गतीमा राहदानी लिनेको संख्या दुईसय ६९ जना पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपाने बताउनुभयो ।  जुम्ला जिल्लाका हालसम्म राहदानी लिनेको संख्या १ हजार ६ सय २० जना पुगेको उहालृ बताउनु भयो । भारतमा पैसा कमाउन जाने देखि लिएर  बिगत् तीन वर्ष यता हिमाली जिल्लाका युवाहरु समुद्रपारीका देशमा जाने क्रम निकै बढेको छ ।

नेपालीहरुलाई विदेशमा कामसँगै ज्यानको जोखिम छ भन्ने थाह छ तर पनि राज्यले रोजगारी उपलब्ध नगरे पछि कमाउने बेला स्वदेशमा बसेर के गर्नु ? त्यसैले रहर भन्दा पनि बाध्यताले विदेश जानु परेको देपालगाउँ २ का सुरेन्द्र नेपालीले बताउनु भयो । पातारासी १ तल्फीगाउँका कमलबहादुर बुढाले भन्नुभयो, जिल्ला प्रशासन कार्यालय जुम्लामा राहदानीका लागि एउटै गाउँका १२ जना यूवाहरु आएका छौ । स्वदेशमा अर्थात जिल्लामै भने जस्तो रोजगारीको व्यवस्था छैन । विदेशिनु युवाहरुको बाध्यता हो उहाको भनाइ छ ।          

आम्दानी मुलक कुनै कार्यक्रम तथा आयआर्जनका लागि स्वदेशमा राम्रो व्यवस्था नभएकोले विदेशिनु परेको उहाको गुनासो छ । पाण्डबगुफा २ का प्रकाश जैसीले स्वदेशमा पढेर पनि रोजगारी पाउन गाह्रो भएकोले विदेसिनु परेको बताए । जहान परिवार पालनपोषणको लागि भए पनि मातृभूमि छोड्नु परेको उहाको भनाइ छ । हिमाली जिल्लाबाट पढे लेखेका र निरक्षर युवाहरु कामको खोजीमा विदेसिनु परेको उहाको तर्क छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!