आफ्नै घरको दलिनमा झुण्डिएर आत्महत्या

Posted on: 09 Nov, 2016

कात्तिक २४, पर्वत । आफ्नै घरको दलिनमा झुण्डिएर एक व्यक्तिले आत्महत्या गरेका छन् । 

नाङलीवाङ ६ पालेवन वस्ने वर्ष ४२ को मिन वहादुर परियार आफ्नै घरको तल्लो तलाको कोठाको दलिनमा डोरीको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनी बुधबार विहान आत्महत्या गरेको बुझिएको छ ।

 जिल्ला प्रहरी कार्यालयवाट प्रहरी निरीक्षक दिपक पातलीको कमाण्ड गरेको टोलीले शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याएको र मर्नुको कारणबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पर्वतमा पछिल्लो समयमा आत्महत्या गर्नेको संख्या ह्वात्र्तै बढेको पाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!