बारामा आगलागीमा परी तीन घर जलेर नष्ट

Posted on: 10 Nov, 2016

कार्तिक २५, कलैया । बारा जिल्ला पिप्राही गाविस–२ मा गएराति करिब २ बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । 

आगलागीबाट करिब रु ३० लाख बराबरको धनमाल नष्ट भएको सशस्त्र प्रहरी बल बोर्डर आटुट पोष्टका प्रहरी निरीक्षक रामजन श्रेष्ठले जानकारी दिनुभयो ।

गणेश साहको गोठमा पशुलाई लामखुट्टेबाट बचाउन बालेको आगो सल्केर गोठमा आगलागी भएको र सो आगो फैलिएर छिमेकी भगेन साह, सुरेन्द्र साहको घरमा समेत आगलागी भएको थियो । 

आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय जनताको सहयोगमा दुई घन्टापछि नियन्त्रणमा लिइएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!