ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको १५ औँ साधारण सभा तथा ७ औँ अधिवेसन सम्पन्न

Posted on: 10 Nov, 2016

कार्तिक २५, हेटौडा । ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको १५ औँ साधारण सभा तथा ७औँ अधिवेसन आज(बिहिबार) हेटौडामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षता तथा महिला तथा वालवलालिका कार्यालय मकवानपुरका अध्यक्ष शोभा शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सचिव उर्मिला पुडासैनीले आर्थिक वर्ष २०७२/७३ को महत्वपूर्ण उपलब्धीहरु,तथा आगामी वर्षको लागि प्रस्तावित कार्ययोजना प्रस्तुुत गर्नु भएको थियो ।

त्यस्तै संस्थाका कोषाध्यक्ष सुलोचना स्याङतानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमा वोल्दै प्रमुख अतिथी शाहले महिला तथा बालबालिका कार्यलय र ग्रामिण महिला सेवा केन्द्र दुवै महिलाको हितमा रहेकोले हरेक कदमा साथ दिन तयार रहेको वताउनु भएको थियो । ग्रामिणले सहकारीको माध्यमबाट महिलाको विकास खोजेकोले सवैले यसलाइ अनुसरण गर्न आवस्यक रहेको वताउनु भयो ।

त्यस्तै उहाले ग्रामिण महिला लाइ केन्द्रमा राखेर काम गर्नुु अर्काे महत्व पुण काम रहेको भन्दै केन्द्र लाइ अझ अगाडि वढ्न शुभकामना पनि दिनु भएको थियो । त्यस्तै कार्यक्रममा वोल्दै केयर नेपाल परियोजनाका अधिकृत निरज काफ्लेले ग्रमिण सँग सँधै सहकार्य गर्न तयार रहेको वताउनु भयो । त्यस्तै प्लन नेपालका विकास संयोजक कुस थापाले ग्रामिण महिला सँग सहकार्य गरेको मा प्रसंसा गर्दै अझै ग्रमिण महिला सँग सुमधुर सम्वन्ध स्थापना गर्न सुभकामना दिनु भयो । कार्यक्रममा गैसस महासंघका प्रतिनिधी बोल बहादुर कार्कि ,जिल्ला वचतका लक्ष्मण महत लागाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।   

ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको १५ औँ साधारण सभा तथा ७औँ अधिवेसनले लक्ष्मि मोक्तानको अध्यक्षतामा ९ सदस्य कार्यसमिती चयन गरेको छ । समितीको उपाध्यक्षमा उर्मिला पुडासैनी ,सचिव अचला शर्मा,कोषाध्यक्ष सुलोचना स्याङतान रहनु भएको छ। त्यस्तै सदस्य हरुमा मेनुका दाहाल , एलिजा पुडासैनी , मिना चौँरेल , लक्ष्मि थिङ, र सीता घलान रहनु भएको छ । भेलाले सर्मिला श्रेष्ठको संयोजकत्वमा ३ सदस्य लेखा समिती पनि चयन गरेको छ । लेखा समिती सदस्यमा लक्ष्मि रीमाल र देवकी चौलागाइ रहनु भएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!