मङ्सिर २७ गतेदेखि ताप्लेजुङमा हुने भनिएको राष्ट्रिय भलिबल प्रतियोगिता पुसमा हुने

Posted on: 13 Nov, 2016

कात्तिक २८, ताप्लेजुङ । आगामी मङ्सिर २७ गतेदेखि ताप्लेजुङमा हुने तय भएको राष्ट्रिय भलिबल प्रतियोगिता २२ दिन पर सरेको छ । 

प्रतियोगितामा सहभागी हुन आउने खेलाडी बङ्गलादेशमा आगामी पुस ८ गतेदेखि हुने भलिबल प्रतियोगितामा भाग लिन जाने भएपछि पुस १९ गतेदेखि सुरु गर्ने निर्णय गरिएको जिल्ला भलिबल सङ्घका अध्यक्ष दिवस चोङ्वाङले जानकारी दिनुभयो । 

पुस १९ गतेदेखि २३ गतेसम्म सदरमुकाम फुङलिङमा हुने प्रतियोगितामा तीन विभागीय र पाँच क्षेत्रीय टोलीको सहभागिता रहने चोङ्वाङले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख ३० हजार र द्वितीयले रु एक लाख ६५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!