पहिलो पटक क्षमताको आधरमा रेसुङ्गा क्याम्पस प्रमुखको नियुक्ती

Posted on: 13 Nov, 2016

प्रेम सुनार, कात्तिक  २८, गुल्मी । गुल्मी जिल्लाको शैक्षिक धरोहर मानिने रेसुङ्गा वहुमुखी क्याम्पसले पहिलो पटक जेष्ठताको आधारमा बनाईने प्ररम्परा तोडेर कार्यदक्षताको आधारमा क्याम्पस प्रमुख नियुक्ती गरेको छ । 

   त्यो परम्परा तोड्नका लागि क्याम्पस सञ्चालक समितिले कार्तिक ७ गते कार्यपत्र  मार्फत कार्य दक्षता प्रतिष्पर्धा आव्हान गरेको थियो । सोही अनुरुप एक जना पात्र हरिबहादुर केसीले मात्र कार्तिक १२ गते कार्यपत्र पेश गरेका थिए ।

   चार वर्षे कार्यकालमा उनले क्याम्पस सञ्चालनको कार्यपत्र पेश गरे पछि समितिले त्यस उपर मुल्याङन गर्दा योग्य  ठठर गर्दै केसीलाई क्याम्पस प्रमुखमा नियुक्ती गरेको समितिका अध्यक्ष शालिक पन्थीले जानकारी दिए ।  

  त्यसरी प्रतिष्पर्धा गराउँदा त्यस क्याम्पसमा १२ वर्ष अनुभव हाँसिल गरेका १६ ÷ १७ जना उपप्राध्यापक र प्राध्यापकहरुले अवसर पाउने भएकोले पहिलो पटक यो विधीको प्रयोग गरिएको उनको दावि छ । तर यस अघि निमित्त क्याम्पस प्रमुखको कार्यभार सम्हालेका गुणानिधी शर्मा लगायतका असन्तुष्टहरुले भने त्यो विधीलाई टेण्डरको संज्ञा दिदै असन्तुष्टी जाहेर गर्दै आएका छन् ।  यस अघि जेष्ठताको आधारमा क्याम्पस प्रमुख नियुक्ती गरिने बताएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष पन्थी यसपाली दक्ष क्याम्पस प्रमुख सर्वसम्मत  नियुक्ती गरिएको  दावि गर्दछन् ।

   २०३९ सालमा समुदायले स्थापना गरेको उक्त क्याम्पसको पहिलो क्याम्पस प्रमुख शशी पन्थी थिए । उनले पनि चार वर्षे कार्यकाल पुरा गर्न नसकी विचमै निस्कीनु परेको अध्यक्ष पन्थीले बताए । उनका अनुसार दोश्रो कार्यकाल प्रेमनाथ अर्यालले पनि पुरा गर्न सकेका थिएनन् । तेश्रो कार्यकाल  दिन पन्थी पनि छोटो अवधीमै वाहिरीनु परेको थियो । चौथो कार्याकाल चन्द्रकान्त पन्थीले मात्रै पुरै चार वर्ष क्याम्पस प्रमुख रहन सफल भएका थिए ।

   पाँचौ कार्यकाल ढुण्डीराज पोखरेल डेढ वर्ष नपुग्दै निस्कीनु परेको थियो । श्रोेतका अनुसार  उनको र समितिका अध्यक्ष विच केहि महिना अघि देखि  सम्वन्ध विग्रे पछि पोखरेलले आफुलाई सहयोग नभएको भन्दै धेरै अघि नै राजिनामा दिएर बसेका थिए । 

   १२ वर्ष अवधी पार गरेका गुणानिधी शर्मालाई निमित्त दिएर माछो माछो भ्यागुतो भने जस्तै गराईएको उनि पक्षधरहरुको आरोप रहेको छ ।  छैठौं क्याम्पस प्रमुख नियुक्त भएका केसी यस अघि पनि क्याम्पस प्रमुखको अनुभव संगालेका प्राध्यापक हुन् । 

   उनले २०५२  साल देखि ३ वर्ष सम्म वाग्लुङ्गको वुर्तिवाङ्गमा रहेको जनता क्याम्पसको क्याम्पस प्रमुख भएका थिए । २०५५ साल देखि रेसुङ्गा क्याम्पसमा अध्यापन गराउँदै आएका केसीले एमविए र विल सम्मको अध्यान पुरा गरेका छन् । 

  गुल्मीकै हस्तीचौर २ हर्पुकोटका दुर्गाबहादुर खत्री र माता धनकुमारी  खत्रीको कोखबाट २० सालमा २०२५ साल पौष १४ गते  .जन्मिएका केसीले  आफ्ना्े गाउँको हिमालय उच्च माविमा भने कक्षा ७ सम्म मात्रै अध्यान गरेका थिए । वाग्लुङ्गको ग्वालीचौरमा रहेको भानु उच्च माविबाट एसएलसी दिई उनि उच्च शिक्षा तर्फ लम्कीएका थिए ।  केसी भद्र  र शिष्ट व्यक्तिका रुपमा चिनिन्छन् ।

तस्वीर : नवनियुक्त क्याम्स प्रमुख हरिबहादुर केसी  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!