सुदुरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ को तयारी तिव्रता

Posted on: 13 Nov, 2016

ललित बोहरा/कार्तिक २७ डडेल्धुरा । डडेल्धुरामा हुने सुदुरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ को तयारीलाई तिव्रता  दिईएको छ । आउदाँे मंसिर ३ गते देखी १३ गते सम्म  डडेल्धुराको टुडीखेलमा हुने क्षेत्रीय महोत्सको ६० प्रतिशत काम सम्पन्न भएको मुख्य आयोजक उद्योग वाणिज्य संघ डडेल्धुराले जनाएको छ । महोत्सवमा आवश्यक पर्ने स्थानीय कला संस्कृती खानपान भेष भुषा प्रदर्शनी,कृर्षी मेला प्रर्दशनी,राष्ट्रीय कलाकार र स्थानीय कलाकारहरुसंग कुरा भईसकेको आयोजकले जनाएको छ । महोत्सव बारे अहिले बिभीन्न माध्यबाट प्रचार प्रसार गर्ने काम भईरहेको उद्योग वाणिज्य संघ डडेल्धुराका कोषध्यक्ष दिपक महता बताएका छन् । गत बर्ष जस्तै मेला लगाउने निर्णय एक महिना अघि भएको बताउदै कोषध्यक्ष महताले गत बर्ष भन्दा ब्यबस्थीत हुने बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!