सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेलामा आईतबार रतेडी र देहीजात शोमबार

Posted on: 13 Nov, 2016

सास / २७ कार्तिक डडेल्धुरा । डडेल्धुराको उग्रतारा भगवतीको मन्दिरमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला आज रतेडी र भाली दिउसेडी हुने भएको छ । देहीजातका नामले प्रसिद्ध सो मेलामा सुदूरपश्चिमका विभिन्न स्थान बैतडी, डोटी, कैलाली, कञ्चनपुर, दार्चुला र बझाङ जिल्लाका साथै छिमेकी भारतीय क्षेत्रबाट समेत श्रद्धालु भक्तजन उग्रतारामा दर्शन गर्न आउने गरेका स्थानीय मेला व्यवस्थापकले जानकारी दिएको छ । भोली बिहान चार बजे तिर धार्मिक परम्परागत रुपमा दुमडा, छचोडा, जिलोडा र खनमडाबाट उग्रतारामन्दिरमा देउरो ल्याई पुजाआजाशुभारम्भहुन्छ । तर, यस वर्ष नेत्रविक्रम चन्द विप्लव माओवादी गरको बन्दका कारण  सवारी साधन चल्न नसके पछि दशनार्थीको सङ्ख्या घटन  सक्ने व्यबस्थापन समीतीले जनाएको छ  । हरेक वर्ष कार्तीक शुक्ल चर्तुदसी र पूर्णिमाका बेला लाग्ने उग्रतारा मेलाका दिन उग्रतारा मन्दिरमा पूजाअर्चना गरेमा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । मेलालाई आफन्त संग भेटघाट,मीठो मसीनो खाने मेलाका रुपमा पनी यस क्षेत्रका स्थानीय लिने गरेका छन् । उग्रतारा देवीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको स्थानीय बासिन्दा बताउँछन् । मेलाका अवसरमा दुई दिन सो क्षेत्रमा मदिरा निषेधित क्षेत्र कायम गरिएको समितिले जनाएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!