अपाङ्गता बालबालिकाको लागि स्वास्थ्य शिविर हुने

Posted on: 14 Nov, 2016

विमल खड्का पर्वत । अपाङ्गता भएका बालबालिकालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन हुने भएको छ । शारीरिक अपाङ्गता भएका १८ बर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गरीे घुम्ती शिविर संचालन हुने भएको हो । शारिरीक अपाँगता भएका वालवालिकाको स्वास्थ्य परिक्षण, पहिचान तथा पुनःस्थापनाका लागि धौलागिरी अञ्चलका तीन जिल्ला पर्वत, बागलुङ र म्याग्दीमा उक्त घुम्ति स्वास्थ्य शिविर सञ्चालन हुने लागेको हो । पर्वतमा मंसिर २५, बाग्लुङ बुर्तिवाङमा २२ र धौलागिरी अस्पतालमा २४ गते र म्याग्दीको बेनी अस्पतालमा  मंसिर २० गते  शिविर संचालन हुने बताईएको छ ।
अपाङग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा, अपाङगता सरोकार संघ बागलुङको समन्वय र प्लान नेपाल अन्तर्गतको समावेशी शिक्षा प्रबद्र्धन परियोजनाको सहयोगमा अपाङगता भएका बालबालिकालाई शिविर मार्फत परामर्श दिने सिबिआरका कार्यक्रम संयोजक नेत्रबहादुर देउजाले बताएका छन् । अपाङग ठ्ठ बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले नेपालमा ७३ हजार भन्दा बढि बालबालिकालाई सेवा दिएको र १५ हजार लाभान्वित भएको जनाएको छ ।
यो कार्यक्रमलाई सबैतिरबाट सहयोग गर्न अपाङगता सरोकार संघ बागलुङका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले आग्रह गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!