लेखनाथमा नयाँ कार्यकारी अधिकृत

Posted on: 14 Nov, 2016

कात्तिक २९, पोखरा । लेखनाथ नगरपालिका कार्यलयमा नयाँ कार्यकारी अधिकृत आएका छन् । 

नेपाल सरकार स्थानिय विकास मन्त्रालयले यस अघि अन्य जिल्लमा स्थानिय विकास अधिकारी रहेका एल के शर्मालाई लेखनाथ नगरपालीका कार्यलयको कार्यकारी अधिकृतमा तोके पनी पछी मन्त्रिपरीषद्वाट रद्ध गरीएको थियो । 

पछिल्लो समय लेखनाथ नगर र पोखरालाई एकिकृत गरी गाभ्ने तयारी रहेको भएर पोखरा उपमहानरपालीका कार्यलयका अधिकृत नवराज ढुंगानालाई लेखनाथको समेत जिम्मेवारी प्रदान गरीएको हो । ढुंगाना लेखनाथको स्थानिय वासिन्दा समेत भएकोले लेखनाथमा काम गर्न पाउँदा खुशी व्यक्त गरे ।

नवनियुक्त कार्यकारी अधिकृत ढुंगानाले कार्यभार ग्रहण गर्दै सोमवार कार्यलयका कर्मचारीलाई सम्वोधन गर्दै जनता निहित कार्य गर्न निर्देृशन दिए । उनले लेखनाथको एकिकृत विकासमा सवैको राय लिएर अघि वढ्ने प्रतिवद्धता जनाए ।

 विकासको गतिमा अगागी वढेको लेखनाथलाई सुन्दर वनाउन अव्ष्वस्थीत प्लटीङ्ग रोक्न नतीजामुखी काम गर्न र विना इजाजन गैरकानुनी काम गर्नेलाई कारवाही गर्न निर्देशन दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!