राजमार्गको सवारी दुर्घटना रोक्न स्वस्ति शान्ति

Posted on: 14 Nov, 2016

कात्तिक २९, पोखरा । पृथ्वी राजमार्गको विजयपुर देखि कोत्रेसम्मको क्षेत्रमा वढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्न विजपुरका स्थानियवासीहरुले वाटोको विचमा पुजा मण्डप वनाई स्वस्ति शान्ति गरी जलार्पण गरेका छन् ।

सवारी चापका कारण दुर्घटनावाट मृत्यु भएका ब्यक्तिको चिरशान्तिको कामना तथा घाईतेहरुको शीघ्र स्वास्थ्य लाभ र आगामी दिनमा कुनै पनि प्रकारका सवारी दुर्घटनामा परी कोही कसैले पनि अकालमा ज्यान गुमाउन वा अपाङग हुन नपरोस भन्ने कामना गर्दै स्वस्ति शान्ति गरिएको हो ।

जागृती आमा समुह लेखनाथ ५ बिजयपुर,विजयपुर महिला समुह र शान्तिमार्ग टोल विकास सस्था लगाएत स्थानीयवासीको सहयोगमा संगम नगर देखि विजपुर खोलासम्म कलश यात्रा सहित बाटोमा जलार्पण गरिएको जागृती आमा समुहकी अध्यक्ष मिना श्रेष्ठले जानकारी दिएकी छन् ।

पुजाको कर्ताको रुपमा स्थानीय चित्र बहादुर केशी रहनु भएको थियो भने पुजारीको रुपमा संकर अधिकारी र नन्दलाल पौडलले सहजीकरण गर्नु भएको पुजाबाट राजमार्गमा सवारी दुर्घटनामा कमी आउन सक्ने विश्वास पुजा ब्यवस्थापन समितिका संयोजक देवी पराजुलीको भनाई रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!